काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएका छन् । उनी विरामी भएसँगै अत्यावश्यकबाहेक सबै कार्यक्रम रद्ध गरिएको छ ।
सामान्य ज्वरोका कारण प्रधानमन्त्री ओलीले मंगलबार अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको हो । प्रधानमन्त्री ओली अहिले सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन् ।