काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ । सर्वोच्च अदालतले गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गर्दै उनलाई जेल सजाय सुनाइएको हो ।
मनाङेलाई यसअघि उच्च अदालतले पनि दोषी ठहर गरेको थियो । उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।
न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले जिल्लाको फैसला सदर गरेको हो ।