हसिनाको शासन कालमा अपहरण गरिएका नागरिक अझै बेपत्ता-Sutra News

हसिनाको शासन कालमा अपहरण गरिएका नागरिक अझै बेपत्ता

मंगलबार, २० कार्तिक २०८१

मंगलबार, २० कार्तिक २०८१

काठमाडौँ । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासन कालमा सेनाले अपहरण गरेका करिब दुई जना बङ्लादेशी अझै बेपत्ता रहेको जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले बताएका छन् ।



गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा भएको प्रदर्शनपछि हसिना हेलिकप्टर मार्फत छिमेकी देश भारत भागेका थिइन् । हसिना सरकारमाथि मानव अधिकार हननको आरोप तथा सयौंको गैरकानूनी अपहरण र बेपत्ता भएको आरोप लगाइएको थियो ।

हाल कार्यवाहक सरकारले गठन गरेको अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको जनाएको छ ।

आयोगका अध्यक्ष मोइनुल इस्लाम चौधरीले सरकार र न्यायपालिकामा संस्थागत विच्छेदले पनि हसिनाको नेतृत्वमा दण्डहीनताको वातावरण फस्टाएको बताए । उनीहरूले कानून प्रवर्तन एजेन्सीलाई सार्वजनिक हितमा नभइ आफ्नै एजेण्डा र राजनीतिक हितका लागि प्रयोग गरेको बताएका थिए ।

आयोग नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारका लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने प्रयासको हिस्साको रूपमा स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट