काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भfगमा आंशिक बदली रहने छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध छ ।