काठमाडाैं । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारकाे तुलनामा बुधबार प्रतिताेला ३ सय रूपैयाँले सुनकाे मूल्य बढेकाे हाे ।
मूल्य बढेसँगै बुधबार सुनकाे मूल्य प्रतिताेला १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको महासंघले जनाएकाे छ ।
यसअघि मंगलबार सुन प्रतिताेला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएकाे थियाे ।
जुन तिहारअघिकाे अन्तिम काराेबार दिनकाे तुलनामा २८ सय रूपैयाँले कम हाे ।
सुनकाे मूल्य बढेपनि बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनचाँदीकाे मूल्यमा भएकाे उतारचढावकाे प्रभाव स्थानीय बजारमा पर्ने गरेकाे छ । जसअनुसार नै मूल्य घटबढ भइरहेकाे बजारका जानकार बताउँछन् ।
सम्बन्धित समाचार