काठमाडाैं । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकाका सात वटै स्विङ स्टेटमा अग्रता लिएका छन् ।
एपी ट्रेन्ड्सका अनुसार ट्रम्पले पेन्सिल्भेनिया, मिशिगन, विस्कन्सिन, जर्जिया, नेभाडा, एरिजोना र उत्तरी क्यारोलिनामा अग्रता पाएका छन्।
फक्स न्यूजका अनुसार अमेरिकी चुनावमा डोनाल्ड ट्रम्प धेरै अगाडि देखिएका छन् । अहिलेसम्म डोनाल्ड ट्रम्पले २४८ इलेक्टोरल कलेज भोट पाएका छन् भने कमला ह्यारिसले २१६ इलेक्टोरल कलेज भोट पाएकी छिन् ।
क्यालिफोर्निया र वासिङ्टनको प्रवृत्तिका कारण कमला ह्यारिसको अंकमा सुधार आएको छ तर, उनी अझै ट्रम्पभन्दा निकै पछाडि छिन् ।