काठमाडाैं । चार वर्षपछि फेरि डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किने निश्चित भएकाे छ । अमेरिकी चुनावमा सबैभन्दा ठूलो स्विङ स्टेट भनेर चिनिने पेन्सिल्भेनियामा विजय भएसँगै उनी जितकाे नजिक पुगेका हुन् । ट्रम्पले सातवटै स्विङ स्टेटमा पनि अग्रता लिएका थिए ।
फक्स न्युजले बताएअनुसार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले २६७ इलेक्टोरल कलेज भोट र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले २२६ इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् ।
कुनै पनि उम्मेदवारले चुनाव जित्नका लागि कुल ५३८ इलेक्टोरल भोटमध्ये २७० मत प्राप्त गर्नुपर्नेछ। जसअनुसार ट्रम्प जितकाे धेरै नै नजिक छन् ।
साथै, अमेरिकी चुनावमा ट्रम्पकाे पार्टी रिपब्लिकन पार्टीले संसदमा बहुमत प्राप्त गरेको छ । सिनेटमा रिपब्लिकन उम्मेदवारले बहुमत पाएका हुन् । रिपब्लिकन पार्टीका ५१ र डेमोक्रेटिक पार्टीका ४२ उम्मेदवार विजयी भएका छन् ।