अनुमति नलिई जापान गएका मन्त्रीले दिए राजीनामा-Sutra News

अनुमति नलिई जापान गएका मन्त्रीले दिए राजीनामा

बुधबार, २१ कार्तिक २०८१

बुधबार, २१ कार्तिक २०८१

काठमाडौँ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । सरकारबाट अनुमति नगराई जापान भ्रमणमा गएको विषय सार्वजनिक भएपछि आफूले नैतिकताका आधारमा राजीनामा दिएको उनको भनाइ थियो ।



उनले आफूबाट सामान्य त्रुटी भए पनि नैतिक विषय उठिसकेपछि राजीनामा दिएर मार्ग प्रशस्त गरेको बताए । उनले राजीनामाका लागि कतैबाट दबाब नआएको स्पष्ट पारे ।

जापानको टोकियो महानगरको व्यक्तिगत निमन्त्रणामा जापान जान लागेको भए पनि सन्दिग्ध व्यक्तिहरुले कार्यक्रममा जान लागेको थाहा पाएपछि आफू हङ्कङबाट फर्किएको मन्त्री अधिकारीको दाबी थियो ।

आफूलाई अक्टोबर ३० देखि नोभेम्बर ३ सम्मका लागि व्यक्तिगत निमन्त्रणा आएको र त्यति बेला प्रदेश क्याबिनेट बस्ने अवस्था नभएकाले अनुमति नगराएको उनको भनाइ थियो । उनले आज मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा पत्र बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट