जाडो बढेसँगै देशभर घट्दै डेंगी संक्रमण-Sutra News

जाडो बढेसँगै देशभर घट्दै डेंगी संक्रमण

बुधबार, २१ कार्तिक २०८१

बुधबार, २१ कार्तिक २०८१

काठमाडौँ । नेपालमा डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढेसँगै संक्रमण घट्दै गएको बताए ।



सरकारले डेंगी संक्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । उनका अनुसार अहिले नेपालमा ४२ औँ हप्ताबाट डेंगी संक्रमण घट्न थालेको हो ।

“जाडो बढेसँगै डेंगी संक्रमण घटिरहेको छ”, उनले भने, “४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन्, संक्रमण घटे पनि सावधानी अपनाउनु पर्छ ।”

अहिलेसम्म २९ हजार १५८ मा संक्रमण हुँदा १२ जनाको निधन भएको किटजन्य रोग शाखाका प्रमुख डा दाहालले जानकारी दिए । उनका अनुसार डेंगी संक्रमण हुम्लाबाहेक सबै जिल्लामा देखिएको छ । सबैभन्दा बढी कास्कीमा सात हजार दुई हजार २४ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट