काठमाडौँ । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन भएका छन् ।
मंगलबार सर्वोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय तोकेको थियो । सर्वोच्चले यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गर्दै मनाङेलाई सजाय सुनाएको हो ।
उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद फैसला सुनाएको थियो । सर्वोच्चले पनि सोही फैसला गरेको थियो ।