महाशक्ति अमेरिकाको नेतृत्व फेरि एक पटक डोनाल्ड ट्रम्पको हातमा पुग्ने अवस्था बनेको छ । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति बनेका ट्रम्प सन् २०२० को निर्वाचनमा पराजित भएका थिए । यद्यपि, यस पटक उनले त्यो हारको बदला लिएका छन् । मतगणना जारी रहँदै ट्रम्पले बहुमत अर्थात् २७० इलोक्ट्रोल भोट कटाइसेका छन् । जससँगै उनको आगमन निश्चित देखिएको छ ।
उनको आगमन निश्चित भइरहँदा, अहिले विश्वभर अनेकन अड्कलबाजी भइरहेका छन् । अमेरिकाको नेतृत्वमा हुने फेरबदलले विश्व राजनीतिमा के–कति प्रभाव पार्ला, बढ्दो विवाद र युद्धको अवस्था रोकिएला वा बढ्ला ? आमरूपमा प्रश्नहरू उठेका छन् ।
साढे सात हजार माइल टाढा रहेको नेपालमा पनि अमेरिकाको नेतृत्वमा हुँदै गरेको फेरबदललाई लिएर अनेकन टिका टिप्पणी भइरहेका छन् । कतिपयले उनको आगमनलाई स्वागत गरेका छन् त कतिपयले उनको आगमन हितकारी नहुने टिप्पणी गरेका छन् । सूत्र न्यूजले यसै सन्दर्भमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठसँग केही जिज्ञासा राखेको छ । ट्रम्पको आगमनले विश्व राजनीति र नेपालको राजनीतिमा पार्ने प्रभावबारे गरिएको कुराकानीको सम्पादित अंश :
डोनाल्ड ट्रम्पको आगमन निश्चित देखिएको छ । उनको सम्भावित आगमनलाई कसरी हेर्नुभएको छ ?
डोनाल्ड ट्रम्पले चुनाव जितेका छन् । उनको जितलाई मैँले सुखद रूपमै लिएको छु ।
उनको आगमनसँगै विश्वमा व्यापारिक विवाद त जारी नै रहला तर, अब अतिवादी युद्ध भने रोकिने सम्भावना बढेको छ । स्वयम् ट्रम्पको घोषणालाई हेर्दा पनि हामी यसमा आशावादी हुन सक्छौँ । यो विश्वकै लागि सुखद कुरा हो ।
विगतमा बाइडेन प्रशासनले लिएको नीतिले विश्वलाई निकै संकटतर्फ धकेल्यो । युद्ध चर्काएरै लाभ लिने नीतिले विश्व नराम्रोसँग गिजोलियो । कता–कता तेस्रो विश्वयुद्ध त हुँदैन भन्ने प्रश्न पनि जन्मायो । विगतको घटनाक्रमलाई हेर्दा, ट्रम्पले युद्ध चर्काउने काम गर्दैनन् भन्ने लाग्छ ।
ट्रम्पले निषेध होइन, वार्ताको नीति लिएको देखिन्छ । उनले उत्तर कोरियालाई समेत वार्तामा ल्याएका थिए । उनले विवाद मेटाउने प्रयास गरेका थिए ।
यसअघिको कार्यकालमा ट्रम्पले साँच्चिकै शान्तिको काम गरेका थिए त ?
मेरो बुझाइमा ट्रम्प निकै यथार्थवादी छन् । ट्रम्पले निषेध होइन, वार्ताको नीति लिएको देखिन्छ । उनले उत्तर कोरियालाई समेत वार्तामा ल्याएका थिए । उनले विवाद मेटाउने प्रयास गरेका थिए ।
विश्व राजनीति निकै अस्वस्थ ढङ्गले धुव्रिकृत भइरहेको देखिन्छ । ट्रम्पको आगमनले के यो अवस्था रोकिएला ?
तपाइँले भने जस्तै विश्वमा अहिले निषेधको राजनीति चलेको छ । धुव्रिकृत पनि निकै अस्वस्थ र नमिल्दो छ । यो बाइडेन नीतिको प्रतिफल हो । मलाई लाग्छ, ट्रम्पको आगमनले यसलाई सन्तुलित बनाउँछ ।
यद्यपि, पश्चिमा शक्तिको आफ्नो विशेषता छ । तर पनि ट्रम्पको नीति युद्ध होइन, कूटनीतिबाटै फाइदा लिने गरेका छन् । जसले विश्वमा देखिएको एक खालको भयको अवस्था हो, त्यो पनि तोडिन्छ भन्ने लाग्छ ।
नेपालको सन्दर्भमा बाइडेन प्रशासनको प्रथम दृष्टिमै दोष देखिन्छ । बाइडेन प्रशासनले नेपालबाट चीनलाई घेर्ने र चीनलाई अप्ठ्यारो पार्ने नीति मात्रै निरन्तर अगाडि सार्यो । जसले युक्रेन युद्ध चर्काउन भूमिका खेल्यो, बाइडन प्रशासनले सोहीलाई नै नेपाल नीति हेर्न पठाएको पाइन्छ ।
नेपालको सन्दर्भमा ट्रम्पको आगमनले कति प्रभाव पार्ला ?
नेपालको सन्दर्भमा बाइडेन प्रशासनको प्रथम दृष्टिमै दोष देखिन्छ । बाइडेन प्रशासनले नेपालबाट चीनलाई घेर्ने र चीनलाई अप्ठ्यारो पार्ने नीति मात्रै निरन्तर अगाडि सार्यो । जसले युक्रेन युद्ध चर्काउन भूमिका खेल्यो, बाइडन प्रशासनले सोहीलाई नै नेपाल नीति हेर्न पठाएको पाइन्छ । नेपाललाई पनि युद्ध भूमि बनाउन खोजिएको आभास हामीले गरेका थियौँ । जुन अवस्था रोकिएला भन्ने लाग्छ ।
हामीलाई युद्ध चर्काउने होइन, शान्तिको मिसनलाई अगाडि बढाउने पात्र चाहिएको छ । ट्रम्प बाह्य कुराभन्दा आन्तरिक कुरालाई महत्व दिने पात्र हुन् । उनको आगमनले अमेरिका नै स्वर्ग हो भन्ने नेपालीलाई पनि आफ्नै देशमा केही गर भन्ने भावना विकास गराउन सक्छ किनकि उनी आप्रवासीको सन्दर्भमा त्यति खुला छैनन् । ट्रम्पको इमिग्रेसन नीतिले हामीलाई सहयोग नै गर्छ ।
जन्माउने, हुर्काउने र ठूलो बनाउने हामीले तर, जानुपर्ने अमेरिका, यो अवस्था रोकिनुपर्छ । ट्रम्पको यसअघिको नीति हेर्दा, त्यो रोकिन्छ भन्ने लाग्छ ।
विश्वव्यापीरूपमा विकास भएको द्वन्द्वको अवस्थाले हामी निकै प्रभावित बन्यौ । चाहे त्यो युक्रेन युद्ध होस् वा ताइवान विवाद, हाम्रो अर्थतन्त्रलाई निकै असर गर्यो । यो सन्दर्भमा ट्रम्पको आगमन हाम्रो लागि सुखद हुन्छ भनेर आकलन गर्न सक्छौँ ?
सत् प्रतिशत त आशावादी भइहाल्न सक्दैनौ तर, हामी आशावादी चाहिँ हुन सक्छौँ । किनकि ट्रेड वार त जारी नै रहन्छ जस्तो लाग्छ, एकले अर्कोको आयात रोक्न कर बढाउने नीति अगाडि सार्न सक्छन् । ट्रम्पले जितेपछि गरेको नागरिक सम्बोधनमा पनि सोतर्फ संकेत गरेका छन् । उनले अमेरिकालाई नै आत्मनिर्भर बनाउने भन्दै बाह्य आयातमा कडाइ गर्ने बताएका छन् । जसको प्रभाव स्वतः विश्वव्यापी पर्न सक्छ । यद्यपि, अतिवादी युद्ध चाहिँ अब हुँदैन । त्यो युद्धले विश्वलाई नराम्रोसँग प्रभावित बनायो । जसको प्रभावमा हामी पनि पर्यौं । त्यसको लागि ट्रम्प उपयुक्त पात्र हुन् ।
बाइडेन प्रशासनले नेपाललाई शीतयुद्धको फुटबल ग्राउन्ड गराउन खोजेको थियो । जुन नीतिले यहाँको राजनीति पनि धुमलिन गयो । आन्तरिक राजनीति पश्चिमको प्रभावमा परेर कित्ताकाटको अवस्थामा देखिएको थियो । मेरो बुझाइमा अब त्यो रोकिएला भन्ने लाग्छ ।
तेस्रो विश्वयुद्धको सम्भावनालाई पनि मानिसले औँल्याएका थिए, जुन सम्भावना टर्यो भन्न सक्छौँ ?
एकदमै, हामी त्यो सम्भावनालाई अब नकार्न सक्छौँ । ट्रम्पले त्यो अवस्था कदापि निम्त्याउँदैनन् ।
अर्कोतर्फ, अमेरिकालाई स्वर्ग नै भनेर जाने धेरै नेपाली जन्मिए । कोही मेक्सिकोको खाडी भएर गए भने कोही डिभी भरेर गए । अनि कोही अनेकन नाममा गएर लुकेर, बसे । त्यो अवस्था रोकिन्छ भन्ने लाग्छ ।
ट्रम्पको आगमनले नेपालको आन्तरिक राजनीतिमा केही प्रभाव पार्ला ?
बाइडेन प्रशासनले नेपाललाई शीतयुद्धको फुटबल ग्राउन्ड गराउन खोजेको थियो । जुन नीतिले यहाँको राजनीति पनि धुमलिन गयो । आन्तरिक राजनीति पश्चिमको प्रभावमा परेर कित्ताकाटको अवस्थामा देखिएको थियो । मेरो बुझाइमा अब त्यो रोकिएला भन्ने लाग्छ । शीतयुद्धको फुटबल ग्राउन्ड बन्ने जोखिम टर्छ भन्ने लाग्छ । बाइडेन र ट्रम्पको नीति निकै फरक छ ।