काठमाडाैं । नेपालको लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. त्रिशक्ति पशुपति दर्शन यातायात प्रा.लि.लाई ०१६२२/६२ बिएस६ मग्न बसहरू हस्तान्तरण गरेको छ । कम्पनीले पत्थर डाँडा, रुपन्देहीमा, आज एक कार्यक्रमका बीच १० वटा अत्याधुनिक र सुविधासम्पन्न उक्त बसहरू हस्तान्तरण गरेको हो ।
त्रिशक्ति पशुपति दर्शन यातायात पश्चिम नेपाल बस ब्यवसायी र भेरी यातायात जस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो। कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसीसहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेश देखि दिल्लीसम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउनेछ।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरू अझै बढाउने सोच रहेको जनाएका छन् । ०१६२२/६२ बिएस६ मग्न बसमा अत्याधुनिक प्रविधि र बिएस६ मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ।
यसमा भएको विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ, र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ।