काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकारलाई व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेको छ । एमाले नेता राजेन्द्र गौतमले दुई दिनअघि गठित संयन्त्रमा दुवै दलबाट चार चार जना नेता रहने गरी संयन्त्र गठन गरिएको जानकारी दिए ।
संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा छन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल छन् ।
यसैगरी, प्रदेश सरकार सञ्चालन गर्न तीन तीन जना हुने गरी संयन्त्र विस्तार गर्ने र जिल्लामा दुई दुई जनाको संयन्त्र बनाउने तयारी भएको छ ।