काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विटरमार्फत ऐतिहासिक जित हासिल गरेको भन्दै ट्रम्पलाई बधाई दिँदै अमेरिकाको राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरे ।
उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।