पाकिस्तानी युवतीको दाबीले तरङ्ग : डोनाल्ड ट्रम्पको म ‘वास्तविक सन्तान’ हुँ-Sutra News

पाकिस्तानी युवतीको दाबीले तरङ्ग : डोनाल्ड ट्रम्पको म ‘वास्तविक सन्तान’ हुँ

बिहिबार, २२ कार्तिक २०८१

बिहिबार, २२ कार्तिक २०८१

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी जितपछि पाकिस्तानबाट एउटा रोचक र अनौठो दाबी बाहिर आएको छ । एक पाकिस्तानी युवतीले भिडियोमा आफू डोनाल्ड ट्रम्पकी छोरी भएको दाबी गरेकी छन् ।



सामाजिक सञ्जालमा बढ्दो भाइरल भइरहेको यो भिडियोमा केटीले ट्रम्प आफ्नो बुबा हो र यसमा कसैले शंका नगर्न आग्रह गरेकी हुन् ।

भिडियोमा ती युवतीले आफूलाई मुस्लिम बताएकी छिन् र आफू डोनाल्ड ट्रम्पको ‘वास्तविक सन्तान’ भएको बताएकी छिन् । उनले पाकिस्तानी मिडियाको अगाडि यी कुरा भनेकी छिन् ।

यद्यपि अहिलेसम्म यो भिडियोको सत्यता वा केटीको मानसिक अवस्थाको बारेमा कुनै जानकारी प्राप्त भएको छैन। युवतीले भिडियोमा यो पनि भनिन् कि जब बेलायतीहरु पाकिस्तानमा आएर उनलाई देख्छन्, उनीहरु छक्क पर्छन् ।

भिडियो @pakistan_untold द्वारा X मा पोस्ट गरिएको छ ।

अमेरिकी राजनीतिमा ट्रम्पको पुनरागमन

अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसलाई पराजित गर्दै डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति बनेका छन् । ट्रम्पले यसअघि सन् २०१६ मा पहिलोपटक चुनाव लडेका थिए र जितेका थिए ।

सन् २०२० को चुनावमा उनले जो बाइडेनसँग हार बेहोरेको थियो तर यसपटक रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेर चुनाव जितेका थिए ।

ट्रम्प अब लगातार दुई कार्यकाल राष्ट्रपति पद सम्हाल्ने दोस्रो अमेरिकी राष्ट्रपति बनेका छन् । यसअघि ग्रोभर क्लिभल्याण्डले सन् १८८४ र १८९२ मा यसरी दुई पटक राष्ट्रपतिको पद सम्हालेका थिए ।

ट्रम्पको यो जित अमेरिकी जनताका लागि विशेष मानिएको छ, किनभने उनले अमेरिकीहरूलाई राम्रो भविष्यको वाचा गरेका छन् । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट