ट्रम्पको जितकाे प्रभाव : सुनको मूल्यमा भारी गिरावट-Sutra News

ट्रम्पको जितकाे प्रभाव : सुनको मूल्यमा भारी गिरावट

बिहिबार, २२ कार्तिक २०८१

बिहिबार, २२ कार्तिक २०८१

काठमाडौं । सुनको मूल्यमा भारी गिरावट आएको छ । स्थानीय बजारमा बिहीबार एकै दिन सुनको मूल्य तोलामै ४ हजार रुपैयाँले घटेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुनको मूल्य एक लाख ६८ हजार ५ सय रुपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । बिहीबार चाँदी प्रतितोला ५५ रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ ।

महासंघका अनुसार मूल्य घटेसँगै बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार १५ रुपैयाँ थियो ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २६५८.३२ डलरमा कारोबार भइरहेको छ ।

अमेरिकी राष्ट्रपतीय चुनाव सुरु भएसँगै विश्वभर सुनको मूल्य आकाशिएको थियो । अमेरिकी चुनावलाई मध्यपूर्वमा देखिएको तनावसँग जोडेर हेरिएको थियो । जसको प्रभाव विश्वभर नै सुनको माग बढेको थियो ।

यद्यपि, ट्रम्पको आगमनसँगै भने तनाव अन्त्यको सम्भावना बढेर गएको छ । जसको प्रभाव सुनको मूल्य घटेको हो ।

सुनको मूल्य घटिरहँदा पेट्रोलियम पदार्थको मूल्यमा पनि भारी गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट