यु १९ महिला टि-२० विश्वकपः नेपाल १०८ रनले विजयी हुँदा कुवेत पराजित-Sutra News

यु १९ महिला टि-२० विश्वकपः नेपाल १०८ रनले विजयी हुँदा कुवेत पराजित

बिहिबार, २२ कार्तिक २०८१

बिहिबार, २२ कार्तिक २०८१

काठमाडौँ । आईसीसी यु १९ महिला टि २० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको छ । नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेतले जम्मा २२ रन मात्रै बनाउन सक्यो ।



युएईको अजमानस्थित द सेभेन क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३० रन बनाएको हो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाइन् । साना प्रवीणले १८ बलमा २५ रन बनाइन् । उनले सो क्रममा पाँच चौका प्रहार गरेकी थिइन् ।

ज्योत्सिन्का मरासिनीले २३ रन बनाउँदा सावित्री धामी र सोनी पाख्रिनले समान छ छ रन बनाए ।

कुवेतका लागि आयशा इकबाल पेवेकरले दुई विकेट लिइन् । जिफा जिलानी र अमिषाराम ओलाचेरीले समान एक एक विकेट लिए । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट