युद्धका बीच गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोको खोप लगाइयो-Sutra News

युद्धका बीच गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोको खोप लगाइयो

बिहिबार, २२ कार्तिक २०८१

बिहिबार, २२ कार्तिक २०८१

काठमाडौँ । जारी युद्धको बावजुद गाजामा पोलियो खोप अभियान पूरा भएको छ । अभियानमा पाँच लाखभन्दा बढी प्यालेस्टिनी बालबालिकालाई खोप लगाएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।



विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले एक संयुक्त विज्ञप्तिमा गाजा पट्टीमा पोलियो खोप अभियानको दोस्रो चरण पूरा भएको पुष्टि गरेका छन् ।

अभियानअन्तर्गतमा दश वर्ष मुनिका पाँच लाख ५६ हजार बच्चाहरूलाई पोलियो खोपको दोस्रो मात्रा दिइएको छ । अनुमानित सात हजारदेखि दश हजार बालबालिका दुर्गम क्षेत्रहरूमा खोप लगाउन बाँकी रहेको र उनीहरू पोलियो भाइरसको जोखिममा रहेको जनाइएको छ ।

सेप्टेम्बर १-१२ सम्म लागू गरिएको खोपको पहिलो चरणमा पाँच लाख ५९ हजार (९५ प्रतिशत) बालबालिकालाई खोप लगाइएको थियो । अक्टोबर १४ देखि गाजामा खोपको दोस्रो चरण निर्धारण गरिए पनि आक्रमणको तीव्रताका कारण सबै बच्चाहरूको पहुँचमा भने पुग्न नसकिएको युनिसेफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट