काठमाडौँ । छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । गुहेश्वरी र कमलपोखरी पुगेर उनले छठको पूजा गरेका हुन् ।
छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबारदेखि सुरु भएको थियो ।