शिव नाडरले दिए दैनिक साढे नाै करोड रुपैयाँ दान-Sutra News

शिव नाडरले दिए दैनिक साढे नाै करोड रुपैयाँ दान

बिहिबार, २२ कार्तिक २०८१

बिहिबार, २२ कार्तिक २०८१

काठमाडौँ । भारतका सबैभन्दा ठूलो आईटी कम्पनी एचसीएलका संस्थापक शिव नाडरले ठूलो मात्रामा आफ्नाे कमाई दान दिएका छन् । उनी पछिल्लो तीन वर्षमा लगातार सबैभन्दा धेरै दान दिने व्यापारी बन्दै आएका छन् ।



सन् १९७६ मा एउटा ग्यारेजमा एचसीएल कम्पनीको स्थापना गरेर व्यापार सुरु गरेका नाडर भारतको धनाढ्यहरूमा शीर्ष पाँचभित्र पर्छन् । उनले सन् २०२४ मा दैनिक ५.९० करोड भारू अर्थात ९ करोड ४४ लाख रुपैयाँ दान दिएका छन् ।

सन् २०२४ मा भारतका खर्बपति मुकेश अम्बानीले जम्मा ४७० करोड भारू अर्थात ७५२ करोड रुपैयाँ दान दिएका छन् । यता, नाडर परिवारले गत वर्षको तुलनामा २३ प्रतिशत बढी दान गरेका हुन् ।

नाडरले दुई हजार १५३ करोड भारू दान गरे । यो रकम नेपालीमा भन्ने हो भने तीन हजार ४४४ करोड हुन आउँछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट