काठमाडौँ । ठूलो आर्थिक लगानीमा निमार्ण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा करिब दुई वर्षमा दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ । विं.सं. २०८० असार ६ गते पहिलो पटक चार्टर्ड उडान गरेको सिचुवान एयरलाइन्सले बिहीबार दोस्रो उडान गरेको हो ।
यति लामो समयसम्म कुनै पनि एयरलाइन्स कम्पनीले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरेको थिएन् । पोखरामा आयोजित इन्टरनेसनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा भाग लिन चीनको कुनमिङबाट आएका खेलाडीलाई लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरामा अवतरण गरेको हो ।
जहाजमा १२० जना यात्रु सवार थिए । सिचुवानले एयरबस ३१९ जहाजबाट पोखरामा उडान गरेको हो । फोटो- नेपालका लागि चिनिया राजदूत