चितवनकाे सत्र किलोमा बस र हायस ठोक्किँदा चारको मृत्यु, छ जना घाइते-Sutra News

चितवनकाे सत्र किलोमा बस र हायस ठोक्किँदा चारको मृत्यु, छ जना घाइते

शुक्रबार, २३ कार्तिक २०८१

शुक्रबार, २३ कार्तिक २०८१

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन् ।



जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय गाडी (हायस) र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठाेक्किएका हुन् ।

एकापसमा ठाेक्किँदा हायसमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा अन्य छ जना घाइते भएका छन् ।

घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट