चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ । थप एक जनाकाे मृत्यु भएसँगै मृतककाे संख्या पाँच पुगेकाे छ ।
यस्तै, घाइतेमध्ये एक जनाको अवस्था थप गम्भीर बनेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उनका अनुसार अन्य चार जना घाइतकाे अवस्था भने खतरामुक्त छ ।
रिजालका अनुसार शुक्रबार बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको थियाे ।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको रिजालले जनाए ।