चार हजारले घटेकाे भाेलिपल्टै दुई हजार रूपैयाँले बढ्याे सुनकाे भाउ-Sutra News

चार हजारले घटेकाे भाेलिपल्टै दुई हजार रूपैयाँले बढ्याे सुनकाे भाउ

शुक्रबार, २३ कार्तिक २०८१

शुक्रबार, २३ कार्तिक २०८१

काठमाडाैं । शुक्रबार स्थानीय बजारमा सुन मूल्य बढेको छ। बिहीबार एकैदिन प्रतितोला चार हजार रूपैयाँले घटेको सुनको भाउ शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज सुन प्रतितोला एक लाख ६६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा किनबेच भएकाे थियाे ।

सुनकाे मूल्य बढेसँगै शुक्रबार चाँदीको मूल्य पनि बढेकाे छ । शुक्रबार स्थानीय बजारमा चाँदीकाे मूल्य प्रतितोला २० रूपैयाँ बढेको हो।

मूल्य बढेसँगै यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको महासंघले जनाएकाे छ । यसअघि बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। बिहीबार भने प्रति औंश २६ सय ५८ डलरमा कारोबार भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट