काठमाडौं । अभिनेता विराज भट्टको चलचित्र ‘१२ गाउँ’ले चार सातामै साढे २५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । फिल्म पाँचाै सातामा प्रवेश गरेकाे अवसरमा निर्माण पक्षले चार सातासम्म फिल्मले गरेकाे ग्रसकलेक्सन सार्वजनिक गरेकाे हाे ।
फिल्मले बिहीबारदेखि प्रदर्शनको पाँचौं सातामा प्रवेश गरेको छ । ‘१२ गाउँ’ दसैँको अवसर पारेर फूलपातीका दिन रिलिज भएको थियो ।
बक्सअफिसमा ‘१२ गाउँ’काे कमाइ नयाँ रेकर्ड हाे । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४’ रेकर्ड तोड्दै यो फिल्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको हो।
फिल्म ‘कबड्डी ४’ले नेपालभर जम्मा २५ करोड हाराहारीमा कमाइ गरेको थियाे ।
एक्सन प्रधान यो फिल्म विराजका छोरा समीर भट्टको डेब्यु फिल्म हो। एक्सन हिरोका रूपमा उदाएको भन्दै समीरले तारिफ बटुलिरहेका छन्।
फूलपातीको अवसरमा असोज २४ गते ‘१२ गाउँ’ सहित ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँसाब’ रिलिज भएका थिए। विराजकै निर्देशनमा बनेको यस फिल्मबाट समीरसहित दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्।
फिल्ममा विराजसहित मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भीष्म जोशी, शुलेमान शंकर ९इकु० लगायतको अभिनय छ।