काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउन सत्ता साझेदार दलबीचको संयन्त्र बनाउनु परेको बताएका छन् ।
प्रवक्ता डा. महतले संघीय, प्रदेश र स्थानीय तहमा समझादरी बढाउन संयन्त्र अवश्यक भएको प्रतिक्रिया दिए । “धेरैभन्दा धेरै परिणाम प्राप्त हुन सकोस् र जनताको अपेक्षा पूरा गर्न सकियोस् भन्ने उद्देश्यले संयन्त्र बनाइएको हो,” उनले भने ।
देशको अर्थतन्त्रलाई चलायमान बनाउन युवा शक्तिलाई देशमै अवसर छ भन्ने विश्वास दिलाउन आवश्यक रहेको उनको थियो ।
अर्थतन्त्रमा सुधार ल्याउन प्रधानमन्त्रीले पार्टीको स्वार्थभन्दा माथि देश र जनतालाई राखेर काम गर्नु पर्ने बताउँदै उनले भने, “देशभित्रै अवसर छ, विदेश मात्रै जान खोज्नु हुँदैन भन्ने सन्देश दिन सक्नु पर्छ ।”