उपचुनावबारे छलफल गर्न एमाले सचिवालय बैठक आह्वान-Sutra News

उपचुनावबारे छलफल गर्न एमाले सचिवालय बैठक आह्वान

शुक्रबार, २३ कार्तिक २०८१

शुक्रबार, २३ कार्तिक २०८१
फाइल तस्बिर

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले उपचुनावबारे छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ ।



बैठकमा उपनिर्वाचनसहित समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्रका विषयमा छलफल हुने भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हुने बैठकमा सहभागी हुन सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शङ्कर पोखरेल रहेका छन् ।

यस्तै, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याललाई पत्राचार गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट