इजरायली फुटबल समर्थकमाथि झडप भएपछि उद्धार गर्न विमान पठाइयो-Sutra News

इजरायली फुटबल समर्थकमाथि झडप भएपछि उद्धार गर्न विमान पठाइयो

शुक्रबार, २३ कार्तिक २०८१

शुक्रबार, २३ कार्तिक २०८१

काठमाडौँ । एम्स्टर्डममा भएको झडपमा इजरायली फुटबल समर्थक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार दुई वटा उद्धार विमान नेदरल्याण्ड्स पठाउने निर्देशन दिएका छन् ।



प्रधानमन्त्री नेतन्याहुको कार्यालयले ‘इजरायली नागरिकविरुद्ध भएको हिंसात्मक घटना’को कारणबारे केही बताएको छैन । तर, डच सञ्चार माध्यम एटी-फाइभले बिहीबार राति युरोपा लिगको एक खेलमा समर्थकबीच झडप भएको रिपोर्ट गरेको छ ।

बिहीबारको खेलमा इजरायली फुटबल टोली म्याकाबी तेल-अभिभले अजाक्स एम्स्टर्डमको सामना गरेको थियो । रिपोर्टअनुसार शहरको मध्य भागमा थुप्रै व्यक्तिबीच झगडापछि भौतिक आक्रमण र तोडफोडका घटनासमेत भएका छन् ।

“प्रधानमन्त्री नेतन्याहूले यस भयानक घटनालाई अत्यन्त गम्भीरताका साथ लिनु भएको छ, डच सरकार र सुरक्षा बलहरूले दङ्गाकारीविरुद्ध कडा र छिटो कदम चाल्न र इजरायली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न माग गर्नु भयो,’ नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रहरी प्रवक्ताले एएनपी समाचार संस्थालाई दिएको जानकारीअनुसार घटनामा संलग्न रहेको आरोपमा ५७ जनालाई पक्राउ गरिएको छ । बिहीबार एम्स्टर्डमको प्रहरीले सामाजिक सञ्जालमा एउटा भवनबाट प्यालेस्टाइनको झण्डा च्यातिएकोलगायत राजनीतिक संलग्नताको आरोप लागेका घटनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट