काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लाति प्रस्तावित दुई न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
आज बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति जेष्ठ सदस्य पशुपति शमशेर राणाले बताए ।
न्यायाधीशमा नाम प्रस्तावित भएसँगै निरौलाविरूद्ध दुई वटा उजुरी परेको थियो । सुनुवाइका क्रममा ती उजुरीसहित न्यायालय सुधार, सुशासन, मुद्दा फैसलामा ढिलाइलगायत विषयमा सांसदहरूले प्रश्न गरेका थिए ।