उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै-Sutra News

उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

शुक्रबार, २३ कार्तिक २०८१

शुक्रबार, २३ कार्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बस्ने भएको छ । भोलि बिहान पार्टी कार्यालय बालाजुमा बैठक बस्ने भएको हो ।



बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

“हामी आगामी मंसिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदै छौँ, उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा छलफल गर्छौं,” उनले भने, “बैठकमा पार्टीको रानीतिक, सांगठनिकलगायत समसामयिक विषयमा छलफल हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट