काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
धार्मिक स्थलको महत्वलाई ध्यानमा राख्दै, कामना सेवा विकास बैंकले मन्दिरको सरसफाई र संरक्षणका लागि देशव्यापी रुपमा मठ मन्दिर, पार्क सफाई साथै डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
“साँस्कृतिक र धार्मिक धरोहरको संरक्षण गर्नु हाम्रा कर्तव्य हो” भन्ने बोध गर्दै, कामना सेवा विकास बैंकले विभिन्न मन्दिर क्षेत्रको बाह्य सफाई तथा मन्दिर परिसरमा भएका अव्यवस्थित वस्तुहरू हटाउने कार्य सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु तथा अन्य कर्मचारीको बाक्लो उपस्थिती रहेको थियो । बैंकले यस कार्य मार्फत धार्मिक स्थलको दिगो र दीर्घ कालीन संरक्षण सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गरेको छ ।