युक्रेनी अपार्टमेण्टमा रूसी आक्रमणमा परी २५ जना घाइते-Sutra News

युक्रेनी अपार्टमेण्टमा रूसी आक्रमणमा परी २५ जना घाइते

शुक्रबार, २३ कार्तिक २०८१

शुक्रबार, २३ कार्तिक २०८१

काठमाडौँ । युक्रेनी सहर खार्किभको एउटा अपार्टमेण्टमा भएको रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा २५ जना घाइते भएका छन् ।



मेयर टेरेखोभले टेलिग्राममा जनाएअनुसार १२ तले आवासीय भवनमा भएको रूसी आक्रमणले पहिलो र तेस्रो तलालाई आंशिक रूपमा क्षतिग्रस्त बनाएको र यसबाट कम्तीमा २५ जना घाइते भएका खार्किभका मेयर इगोर टेरेखोभले बताए ।

आक्रमणमा फसेकाहरूको उद्धार कार्य जारी रहेको तथा घाइतेको संख्या अझै बढ्न सक्ने जनाउँदै हालसम्म २५ जना घाइतेको पुष्टि भएको जनाए । युक्रेनी राष्ट्रपतिको चिफ अफ स्टाफ एन्ड्री यरमाकले रूसले जानाजानी अपार्टमेन्टमा प्रहार गरेको आरोप लगाउँदै रूसीले साना तथा ठूला मिसाइलले किएभमा आक्रमण गरिरहेको दाबी गरे ।

किएभको सैन्य कार्यालयले राजधानीमा क्षेप्यास्त्र आक्रमणलाई विफल पार्न मिसाइल प्रतिरोधी प्रणालीको प्रयोग भइरहेको जनाएको छ । यस क्षेत्रका गभर्नर ओलेग किपरले ड्रोनले देशको दक्षिणमा रहेको ओडेसा र यसको उपनगरमा पनि प्रहार भएको र आक्रमणबाट कम्तिमा दुई जना घाइते भएको बताए ।

युक्रेनी अधिकारीका अनुसार बिहीबार किएभलाई लक्षित गरी गरिएको अर्को रूसी ड्रोन आक्रमणले दुई जना घाइते हुनुका साथै भवनहरू क्षतिग्रस्त भएका थिए । रूसले सन् २०२४ फेब्रुअरीदेखि ड्रोन र मिसाइलले युक्रेनको राजधानीलाई लक्षित गरी आक्रमण गरेको छ ।

पछिल्लो समयमा युक्रेनी अधिकारीले रूसी हवाई आक्रमण रोक्न आफ्ना सहयोगीबाट हवाई रक्षा प्रणालीलगायतका सहयोगको अपेक्षा गरिरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट