हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्री स्तरीय छलफल-Sutra News

हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्री स्तरीय छलफल

शुक्रबार, २३ कार्तिक २०८१

शुक्रबार, २३ कार्तिक २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडा वृद्धि भएको विषयमा अन्तर मन्त्रालय छलफल भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम तथा रोजगार मन्त्री सरदसिंह भण्डारीसँग छलफल गरेकी हुन् ।



हवाई भाडा वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा परेकोलगायत विषयमा पर्यटन मन्त्री पाण्डेले परराष्ट्रमन्त्री, श्रम तथा रोजगार मन्त्रीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग हवाई भाडावृद्धिबारे छलफल गरेका हुन् ।

त्यस अवसरमा वैदेशिक रोजगारीमा जानेका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

छलफलका क्रममा परराष्ट्र मन्त्री राणा देउवाले हवाई भाडा वृद्धि नियन्त्रणका लागि आफूले पहल गर्ने बताइन् । उनले अन्तर मन्त्रालय बैठक बसेर समस्या समाधान गर्ने उल्लेख गर्दै तत्काललाई यात्रुलाई मध्य नजर गर्दै दिल्लीबाट उडान भर्नका लागि दूतावासमार्फत पहलका लागि अनुरोध गरिने जानकारी गराएकी थिइन् ।

श्रम तथा रोजगार तथा समाजिक सुरक्षा मन्त्री भण्डारीले यसअघि भारतको नयाँ दिल्लीबाट नेपाली श्रम गन्तव्यमा जाने गरेको भए पनि म्यानपावर व्यवसायीकै आग्रहमा मानव तस्करी बढेको गुनासोपछि रोक लगाएको बताए ।

पर्यटन मन्त्री पाण्डेले हाल त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तारका लागि विमानस्थलमा रातिको समयमा हुने उडान समय घटाएको विषयलाई लिएर हवाई टिकटमा वृद्धि भएको हुन सक्ने उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट