टर्कीबाट करिब चार हजार मानव तस्कर पक्राउ-Sutra News

टर्कीबाट करिब चार हजार मानव तस्कर पक्राउ

शुक्रबार, २३ कार्तिक २०८१

शुक्रबार, २३ कार्तिक २०८१

काठमाडौँ । टर्कीएका सुरक्षाकर्मीले वर्षभरि मानव बेचबिखन संगठनविरुद्ध ६ हजार ३३९ अभियान सञ्चालन गरेको छ । उक्त अभियानमा तीन हजार ९२४ जना तस्करलाई पक्राउ गरेको टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले जानकारी दिए ।



येर्लिकायाले विगत दुई हप्तामा देशव्यापी ४१ प्रान्तमा सञ्चालन गरिएको ‘शिल्ड–२८’ अपरेसनमा मात्रै २५७ मानव तस्कर पक्राउ परेका बताए । “हाम्रो देशलाई अव्यवस्थित आप्रवासनका लागि लक्षित र ट्रान्जिट रुटमा परिणत गर्न खोज्ने तस्करलाई कुनै ठाउँ नछोड्न हामी प्रतिबद्ध छौँ,” उनले भने ।

टर्कीले युरोप, एसिया र मध्य पूर्व बीचको अद्वितीय भौगोलिक स्थानका कारण अवैध आप्रवासन व्यवस्थापनमा प्रमुख चुनौतीको सामना गरिरहेको छ । युरोपेली देशमा प्रवेश गर्न खोज्ने आप्रवासीका लागि टर्की महत्त्वपूर्ण ट्राञ्जिट मार्ग मानिन्छ ।

टर्किए लामो समयदेखि द्वन्द्व ग्रस्त क्षेत्रहरू विशेष गरी सिरिया र अफगानिस्तान अन्य क्षेत्रहरूका शरणार्थीका लागि गन्तव्य र ट्रान्जिट विन्दु भएको छ । हालैका वर्षमा टर्किएले सीमा सुरक्षालाई तीव्र, कानूनी ढाँचालाई बलियो र मानव बेचबिखन गर्ने गिरोहहरूको बढ्दो गतिविधिलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट