‘निराशालाई आशामा बदल्ने गरी सरकार चल्नु पर्छ’-Sutra News

‘निराशालाई आशामा बदल्ने गरी सरकार चल्नु पर्छ’

शुक्रबार, २३ कार्तिक २०८१

शुक्रबार, २३ कार्तिक २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले जनतामा छाएको निरासालाई आशामा बदल्न सरकार जनअपेक्षाअनुसार चल्नु पर्ने बताएका छन् ।



कांग्रेस डडेल्धुराले आयोजना गरेको कार्यक्रममा उनले सय दिने अवधिमा गरेका कामको समीक्षा गर्दै संसद्का दुई ठूला पार्टी मिलेर बनेको सरकारको औचित्य पुष्टि हुने गरी काम गर्नु पर्नेमा जोड दिए ।

“सरकारको सफलता र असफलतासँग कांग्रेसको प्रतिष्ठा जोडिएको छ, त्यसैले जनसन्तुष्टिका लागि काम गर्नुको विकल्प छैन”, नेता महरको भनाइ थियो ।

पार्टी शिक्षा विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य महरले संविधानमा लेखिएको निःशुल्क स्वास्थ र शिक्षा प्राप्त गर्ने जनताको हक कार्यान्वयन गराउन देशका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले मंसिर पहिलो हप्तादेखि विमर्श अभियान सुरु गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट