उपचुनावका लागि एमालेले बागमती प्रदेशमा टुंगायो उम्मेदवार-Sutra News

उपचुनावका लागि एमालेले बागमती प्रदेशमा टुंगायो उम्मेदवार

शनिबार, २४ कार्तिक २०८१

शनिबार, २४ कार्तिक २०८१
uml

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाएको छ ।



प्रदेश कमिटीको सचिवालय बैठकले बागमती प्रदेशका रिक्त पदका उम्मेदवार टुंगो लगाएको एमाले बागमती प्रदेशका इञ्चार्ज डा. राजन भट्टराईले जानकारी दिए । उनले जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारका नामलाई निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा. सुरेन्द्र मानन्धर, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङ्गेली मगर, काठमाडौँ महानगर १६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, हेटौँडा उपमहानगर १२ को वडाध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले महानगर र उपमहानगरको उपनिर्वाचनमा नगरकमिटी पहिलो उम्मेदवारको नाम सिफारिस गरेर जिल्ला कमिटीमा पठाउने गर्दछ र जिल्ला कमिटीले ती नाम पुनः प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले निर्णय गर्दछ ।

यस्तै, नगरपालिका र गाउँपालिकाको निर्णय भने जिल्ला कमिटी बैठकले गर्ने गर्दछ । आगामी मङ्सिर १६ गते देशभर रिक्त रहेका पदमा उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट