१५ सिट क्षमताको गाडीमा ३४ जना सवार, दुर्घटनापछि आज प्रर्दशन-Sutra News

१५ सिट क्षमताको गाडीमा ३४ जना सवार, दुर्घटनापछि आज प्रर्दशन

शनिबार, २४ कार्तिक २०८१

शनिबार, २४ कार्तिक २०८१

काठमाडौँ । दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका १४ सुर्खेतस्थित रातानाङ्लामा भएको दुर्घटना भएसँगै आज आन्दोलन भएको छ ।



गाडी दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले आज प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन गरेका हुन् । उनीहरूले प्रहरीले लापरबाही गर्दा दुर्घटना भएको भन्दै आन्दोलन गरेका हुन् ।

उनीहरूले दैलेखका प्रहरी चेक पोष्टका कर्मचारीहरूलाई कारबाही गर्नु पर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचार राज्यले गर्नु पर्ने लगायतका माग राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटनामा भैरवी गाउँपालिका ५ दैलेखका ३८ वर्षीय गाडी चालक सुरेश केसी, सोही गाउँपालिका २ का ३६ वर्षीय कर्ण विष्ट, २१ वर्षीया संगीता विष्ट र वडा नं १ का १७ वर्षीया दिपिका महताराको मृत्यु भएको थियो ।

“दुर्घटनाको खबर आउनेबित्तिकै सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्कासहितको टोली घटनास्थलमा पुगेको थियो, प्रहरीले ३० जनालाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याउँदा चिकित्सकले चार जनाको मृत्यु भएको घोषणा गरेका थिए,” उनले भने ।

कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स जम्मा १५ सिटको क्षमता भए पनि ३४ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट