काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।
आज बिहान ११ बजेका लागि आह्वान गरिएको ढिलो सुरु भएको हो । एमाले प्रचार विभागप्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्रको प्रभावकारिताबारे छलफल हुनेछ ।
यस्तै, आगामी महिना स्थानीय तहमा रिक्त विभिन्न पदका लागि हुने उपनिर्वाचन, पार्टीको आन्तरिक व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।