नेपालको पहिलो हार, सानदार जितको लयमा यूएईले लगायो ब्रेक-Sutra News

नेपालको पहिलो हार, सानदार जितको लयमा यूएईले लगायो ब्रेक

शनिबार, २४ कार्तिक २०८१

शनिबार, २४ कार्तिक २०८१

काठमाडौँ । आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया छनोटमा घरेलु टोली युएईसँग नेपाल १३ रनले पराजित हुँदै अपराजित यात्रामा ब्रेक लागेको छ । १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०९ रन मात्रै बनाउँदा पराजित भएको हो ।



नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाए पनि बाँकी खेलाडीले चल्न सकेनन् । यस क्रममा सोनी पाख्रिनले २३ बलमा १९ र ओपनर साना प्रविनले ३४ बलमा १९ रन बनाए ।

युएईका लागि इन्दुजा नान्दाकुमार, लावान्य केनी र मेहक ठाकुरले १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।

यूएईका लागि रिनिथा रञ्जितले ३३ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ४८ रन बनाएकी थिइन् । त्यस्तै लावन्या केनीले २० रन जोडिन् ।

नेपालका लागि रिया शर्माले ४ ओभरमा १५ रन दिएर तीन विकेट लिइन् । पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले एक–एक विकेट लिए ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन तथा दोस्रो खेलमा कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट