हवाई भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति, टिबिए प्रणाली खारेज-Sutra News

हवाई भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति, टिबिए प्रणाली खारेज

शनिबार, २४ कार्तिक २०८१

शनिबार, २४ कार्तिक २०८१

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सरोकारवाला पक्षसँग छलफल गरी हवाई भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति गरेको छ । शनिबार प्राधिकरण, मन्त्रालय र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरुका प्रतिनिधिको बैठकले भाडा नियन्त्रणका लागि सहमति गरेको हो ।



एयरलाइन्स कम्पनीहरूले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्ने गरी एकमुष्ट रुपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गर्ने सहमति भको छ । एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौताबमोजिमको सर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरी हवाई भाडादर कायम गर्ने पनि सहमति भएको छ ।

बैठकले हवाई टिकटको मूल्यसूची तोक्ने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमा मात्रै गर्ने समेत निर्णय गरेको छ । त्यस्तै हवाई भाडादर नियन्त्रण गर्ने जिम्मेवारी एयरलाइन्स सञ्चालकको हुने सहमति गरिएको छ ।

यस्तै, हवाई भाडासम्बन्धी गुनासो सुन्ने व्यक्तिको रुपमा प्राधिकरणका वरिष्ठ अधिकृत विष्णुप्रसाद पौडेललाई जिम्मेवारी तोकिएइको छ ।

बैठकमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालकहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट