अमेरिकी चुनावपछि ‘कंगाल’ बनिन् कमला ह्यारिस !-Sutra News

अमेरिकी चुनावपछि ‘कंगाल’ बनिन् कमला ह्यारिस !

आइतबार, २५ कार्तिक २०८१

आइतबार, २५ कार्तिक २०८१

काठमाडाैं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आम निर्वाचनपछि आफ्ना समर्थकहरूसँग सहयोग मागेका छन् । उनले समर्थकहरूलाई डेमोक्य्राटलाई चन्दा दिन आग्रह गरे।



सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले डेमोक्य्राटहरू अप्ठ्याराेमा भएकाे बताए । कमला ह्यारिसको चुनावी अभियानमा दुई करोड अमेरिकी डलर ऋण लागेकाे रिपोर्ट आएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

“हामीले यो कठिन समयमा डेमोक्य्राटहरूलाई मद्दत गर्न सक्दो सहयोग गर्नेछौं। हामीले पार्टीको रूपमा थप एकता कायम गर्न कोष जुटाउनुपर्छ”, ट्रम्पले भनेका छन् ।

६० वर्षीया उपराष्ट्रपति कमला ह्यारिस नोभेम्बर ५ मा भएको निर्वाचनमा डेमोक्य्राटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार थिइन् । ट्रम्पसँग हारेकी कमला ह्यारिसले कोष जुटाउने सबै कीर्तिमान तोडेकी थिइन् ।

संघीय निर्वाचन आयोगको तथ्याङ्क अनुसार कमला ह्यारिसको चुनावी अभियान र उनका सुपर पीएसीहरूले US$ 2.3 बिलियन उठाए र US$ 1.9 बिलियन खर्च गरे। अर्कोतर्फ, ट्रम्पको टोलीले १.८ बिलियन अमेरिकी डलरभन्दा बढी उठाएर १.६ बिलियन अमेरिकी डलर खर्च गरेका छन् ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, कमला ह्यारिसको चुनावी अभियानमा सहभागी अजय जैन भुटोरियाले भने, “एक अर्ब अमेरिकी डलरभन्दा बढी सङ्कलन र खर्च गरे पनि कमला ह्यारिसको २०१४ को चुनावी आवाज ती मतदातासम्म पुग्न असफल भयो।’ एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट