काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराउने भएको छ । अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन म्याद थपको लागि अदालत पेस गर्न लागिएकाे हाे ।
अदालतले लामिछानेमाथि अनुसन्धान गर्न पछिल्लाे पटक कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले दिएको म्याद आइतबार सकिएसँगै पुनः म्याद थपका लागि अदालतमा पेश गरिएकाे हाे ।
लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई तथा रामबहादुर खनाललगायतमाथि यो प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन् । सोही दिनकै राति पोखरा लगिए पनि शनिबार परेकाले उनलाई कात्तिक ४ गतेमात्रै अदालतमा उपस्थित गराइएको थियो ।
याेबिचमा चार पटकसम्म अनुसन्धानका लागि म्याद थपिसकिएकाे छ ।
पोखरामा अनुसन्धान सकिएसँगै लामिछानेलाई बुटवल लैजाने तयारी गरेको छ । बुटवलमा पनि उनीमाथि सहकारीको रकम अपचलन प्रकरणमै अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।