काठमाडाैं । सत्तारूढ नेकपा (एमाले)ले आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपचुनावका लागि उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको एमाले सचिवालयको बैठकले जिल्ला र प्रदेश कमिटीले सिफारिस गरेका नामका आधारमा उम्मेदवार टुंगाे लगाएकाे हाे ।
एमालेले सहमति नभएकाे दैलेखको महाबु गाउँपालिकाको अध्यक्षको विषयमा भने निर्णय गरेकाे छैन ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखमा सुरेन्द्र मानन्धर, मोरङको मथान गाउँपालिका अध्यक्षमा तुल्सीराम विश्वास, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा केशकुमारी तुलाचन, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा सुनिता बोहरा, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा जाना शाही र बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्षमा सुलोचनाकुमारी भण्डारी बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रमुख र उपप्रमुखसँगै एमालेले वडाअध्यक्षको नाम पनि टुंग्याएकाे छ ।
कहाँ काे ?