काठमाडौं । साताको पहिलो कारोबार दिनको प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) ६.०६ अंकले बढेको छ । प्रिसेसनमा ६.०६ अंकले बढ्दै नेप्से २६८१.५८ को बिन्दुमा उक्लिएको छ ।
प्रिसेसनमा ५८ कम्पनीको सेयर किनबेच भयो । जसमा ३३ कम्पनीको मूल्य बढ्यो भने १६ कम्पनीको मूल्य घट्यो । १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।
प्रिसेसनमा विशेषगरी बैंकिङ्ग, हाइड्रो र फाइनान्स समूहका कम्पनीको किनबेच भयो ।
यो सेसनमा ९ हजार ८९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६८ लाख ३७ हजार ९५४ रुपैयाँको भयो । जुन केही कारोबार दिनयताकै उच्च हो ।
प्रिसेसनको कारोबार नेप्सेमा उत्साहको सम्भावना बढाएको छ । चाडपर्वको सिजन पनि सकिएको कारण आगामी दिन नेप्सेले गति लिने सम्भावना छ ।