चौथो पटक म्याद थपका लागि रविलाई अदालतमा-Sutra News

चौथो पटक म्याद थपका लागि रविलाई अदालतमा

आइतबार, २५ कार्तिक २०८१

आइतबार, २५ कार्तिक २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ। पछिल्लो पटक थपिएको म्याद सकिएपछि पुनः म्याद थपको लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।



अदालतले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि अनुसन्धान गर्न पछिल्लो पटक कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले दिएको म्याद आइतबार सकिएसँगै पुनः म्याद थपका लागि अदालतमा पेस गरिएको हो ।

लामिछानेमाथि हालसम्म विभिन्न समयमा गरी तीन पटक म्याद थप गरिसकिइएको छ ।  कात्तिक २ गते रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई अदालतले पहिलो पटक छ दिन, दोस्रो पटक सात  दिन र तेस्रो पटकमा १० दिन म्याद थप गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन् । सोही दिनकै राति पोखरा लगिए पनि शनिवार परेकाले उनलाई कात्तिक ४ गतेमात्रै अदालतमा उपस्थित गराइएको थियो ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई तथा रामबहादुर खनाललगायतमाथि यो प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पोखरामा अनुसन्धान सकिएसँगै लामिछानेलाई बुटवल लैजाने तयारी गरेको छ । बुटवलमा पनि उनीमाथि सहकारीको रकम अपचलन प्रकरणमै अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट