विराटनगर । नेकपा (एमाले)को कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । एमालेले पार्टी सदस्यसमेत नरहने गरी निलम्बन गरेको भोलिपल्टै अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङका अनुसार विराटनगरस्थित निवासबाटै अधिकारीलाई पक्राउ गरिएको हो । पक्राउ परेका अधिकारीलाई काठमाडौं पठाउन लागिएको उनले जनाए ।
अधिकारीमाथि नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको आरोप लागेको छ ।
अधिकारी मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनले आफूसँगै अन्य ३ जना व्यक्तिलाई पनि जापान गएका थिए । तर जापानको अध्यागमनले कागजपत्रका प्रश्न उठेपसिछ विमानस्थलबाट फर्काइदिएको थियो ।
जापानबाट फर्काइएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । चौतर्फी प्रश्न उठेपछि शनिबार एमालेले कारबाही गरेको थियो ।