लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतकाे अनुमति-Sutra News

लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतकाे अनुमति

आइतबार, २५ कार्तिक २०८१

आइतबार, २५ कार्तिक २०८१

काठमाडाैं । नेकपा (एमाले)का काेशी प्रदेशसभा सदस्य तथा प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीले दुई दिनको म्याद पाएको छ ।



आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे ।

अधिकारीमाथि मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जनाएको छ ।

जापानमा मानव तस्करी गरेकाे आराेप लागेका अधिकारीलाई आइतबार विराटनगरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेकाे थियाे । अधिकारीलाई प्रहरीले आइतबार नै काठमाडौं ल्याएको थियो ।

मानव तस्करीमा जाेडिएका अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरिसकेको छ ।

मन्त्री पदमै बहाल रहँदा मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई अधिकारी जापान उडेका थिए । उनले आफूसँगै अन्य ३ जना व्यक्तिलाई पनि जापान गएका थिए ।

तर, जापानको अध्यागमनले कागजपत्रका प्रश्न उठेपसिछ विमानस्थलबाट फर्काइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट