माओवादी केन्द्रले देशव्यापी खबरदारी अभियान चलाउने-Sutra News

माओवादी केन्द्रले देशव्यापी खबरदारी अभियान चलाउने

आइतबार, २५ कार्तिक २०८१

आइतबार, २५ कार्तिक २०८१
फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले देशव्यापीरुपमा खबरदारी अभियान चलाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताएका हुन् । उनले खबरदारी अभियान सबै स्थानीय तहमा चल्ने बताए ।



आइतबार मकवानपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले पार्टीभित्रको बेथिति सुधार्न पनि खबरदारी अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । देशमा व्याप्त भ्रष्टाचार र व्यथिति अन्त्यका लागि विद्यमान निर्वाचन प्रणाली र शासकीय स्वरूप नै परिवर्तन तर्फ माओवादीले अभियान चलाउने प्रचण्डको भनाई छ ।

भ्रष्टाचारको मूल कारण भनेको ठूलो धनराशि खर्च गरेर चुनाव जित्नु हो भन्दै त्यसको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आफूहरुले उठाएको बताए ।

अध्यक्ष प्रचण्डले शासकीय स्वरूपमा परिवर्तन नआउञ्जेल नेपालमा स्थिरता कायम नहुने जिकिर गरे । सहकारी ठगीको प्रशङ्गमा जवाफ दिँदै उनले आग्रह नराखी निष्पक्ष रुपमा अनुसन्धान प्रक्रिया अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

अध्यक्ष प्रचण्डले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै नेकपा माओवादीले अब सबै पालिकाबाट खबरदारी अभियान चलाएर आफ्नो भनाइ राख्ने तयार गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट