आज मिति २०८१ कार्तिक २७ गते मंगलबार । सन् २०२४ नोभेम्बर १२ तारिख । नेपाल सम्बत ११४५ कछलाथ्व, कार्तिक शुक्ल एकादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः
मेष
बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ने समय भएपनि आयआर्जनका स्रोत भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्ने देखिन्छ । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय तथा कृषिकर्मलाई निरन्तरता दिन सकिनेछ । यात्रापरक एवम् आर्थिक कार्य बन्नेछ । शुरुमा जटिल लागेका काम पनि विस्तारै अनुकूलता वृद्धि भइ सहज प्रतीत होला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
बृष
सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने समय छ । तर, अनुकुलता वृद्धि भइ परिणाम तपाईंकै पक्षमा रहला । पैत्रिक सम्पत्तिमा विवाद आउन सक्ने योग छ । बिनाकारण आफन्तजन टाढिन सक्छन् । स्वास्थ्य केही कमजोर रहेपनि आजको दिन पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कृषिसम्बन्धी कार्यमा लगनशीलताले ठूलो काम बन्न सक्छ । परिवारिक सुख बढ्नेछ ।
मिथुन
काममा जोखिम र दौडधुप बढ्ने समय छ । आत्मबल कायम रहनाले प्रतिकुलता एवम् शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ, जसले समस्याको समाधान दिलाउनेछ । यात्रागत कार्य सार्थक हुनेछ । तथापि, राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्, ध्यान राख्नुहोला ।
कर्कट
आश मारेको काम बन्नाले केही मात्रामा उत्साह बढ्ला । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । तर, आजको दिन नसोचेको पारिवारिक समस्या देखापर्ने सम्भावना छ । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने योग छ । सामाजिक तथा मङ्गलमय काम सम्पादन गर्न सकिनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह
रोकिएका काम बन्ने र बौद्धिक कार्यमा सफलता मिल्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो होला । रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने योग छ । स्वास्थ्यचाहिँ केही कमजोर रहन सक्छ, खनपानमा ध्यान राख्नु उचित हुनेछ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । कलात्मक काममा सफलता मिल्नेछ । अतिरिक्त आम्दानी बढ्ने देखिन्छ ।
कन्या
नयाँ उद्योग धन्दाको थालनी गर्न सकिने समय छ । समाजसेवा र परोपकारका कार्यमा मन जाला । आयआर्जनको कमीले महत्वपूर्ण काममा ब्यवधान पुग्ने योग छ । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका मिल्न सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोगले पराक्रम बढ्ला । आफन्तजनको साथले समस्याको समाधान मिल्नेछ ।
तुला
व्यस्तता बढ्नेछ । सन्तानबाट फाइदा र सुख मिल्ने समय छ । रोकिएका काम सुरु हुनेछन्, तर स्वास्थ्य केही कमजोर रहनाले लक्ष्यप्राप्तिमा ब्यवधान पुग्न सक्छ । आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोपको सम्भावना भएकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ । धन सम्पदामा बढोत्तरी होला ।
बृश्चिक
पराक्रम बढ्ने छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । घरखर्च बढ्ने देखिन्छ । परिश्रमअनुसारको परिणाम प्राप्त नहुन सक्छ । आरोग्य रहनेछ ।
धनु
व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । साथीभाइले साथ दिनेछन्, रोकिएका काम बन्न थाल्नेछन् । पढाइलेखाइमा अनुकूल समय छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । व्यापार–व्यवसाय विस्तारको योग छ । विश्वासमा पारेर धोका दिनेहरूले सताएपनि जित तपाईंकै हुनेछ ।
मकर
परिश्रमबाटै घर(जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय भएपनि साझेदारीमा खटपट आउनाले अप्ठ्यारोमा परिएला । बुद्धिको उपयोगले सामाजिक प्रतिष्ठा वा मानसम्मान वृद्धि हुनेछ । स्थायी सम्पत्ति आर्जन गर्ने योग छ । जीवनसाथी वा विपरितलिंगीबाट पाइने साथ र सहयोगीजनको मद्दतले काम बन्ने योग छ । नियमकानूनले साथ दिनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कुम्भ
प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ । स्थायी सम्पत्ति जोड्ने योग छ । बुद्धिको सही उपयोगले महत्वपूर्ण काम लिन सकिने छ, तर बुद्धि(विवेकको उपयोग गर्नमा चुकिने सम्भावना पनि रहेको छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लागेर विवादमा पर्नबाट जोगिन विशेया प्रयत्न गर्नु हितकर हुनेछ ।
मीन
व्यवसायमूलक यात्रा हुने समय छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला । भाग्य बलवान् रहनाले आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । सामाजिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आफन्तको साथ मिल्नेछ भने सुख वृद्धि हुनेछ । मनमा विलासिताको भाव पैदा होला ।