काठमाडौं । साताको तेस्रो कारोबार दिनको प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । मंगलबारको प्रिसेसनमा ५.४८ अंकले बढ्दै नेप्से २७६५.६९ को बिन्दुमा उक्लिएको छ ।
सूचकसँगै प्रिसेसनमा कारोबार रकम पनि यसअघिका दिनका तुलनामा बढेको छ । प्रिसेसनमा ६ हजार १६६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४८ लाख ५६ हजार रुपैयाँ बराबरको भयो ।
यो सेसनमा मुख्यगरी बैंक, लघुवित्त, जलविद्युत क्षेत्रका कम्पनीको सेयर किनबेच भएको छ । कारोबारमा आएका ६० कम्पनीमध्ये २८ को मूल्य बढ्दा यो सेसनमा २५ कम्पनीको भने मूल्य घट्यो । ७ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
यो सातासँगै सेयर बजारमा निरन्तर उत्साहपूर्ण बृद्धि भइरहेको छ । आइतबार ६२.५४ अंकले बढेको नेप्से सोमबार २२.१४ अंकले बढेको थियो । सँगै कारोबार रकम पनि उत्साहजनकरुपमा बढेको छ ।
मंगलबारको प्रिओपन सेसनको कारोबार पनि नेप्सेमा उत्साहकै अवस्थालाई संकेत गरेको छ ।